नियमित मर्मतसम्भारका लागि आगामी जेठ १५ गतेदेखि मेलम्चीबाट खानेपानी केही समयका लागि बन्द हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले आयोजनाको हेलम्बु–१ स्थित स्रोत र हेडवर्कमा केही उपकरण जडान गरी मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि खानेपानी बन्द गरिने जानकारी दिए । आगामी मनसुनमा सानातिना बाढी आउँदा आयोजना सञ्चालन गर्नका लागि उपकरण जडान र मर्मतसम्भार गरिने कुँवरले बताए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400