राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा स्लट सुरक्षित गरेको छ । सिड्नी एयरपोर्टले निगमलाई हप्तामा बिहीबार र शनिबार दुई उडानका लागि अनुमति र स्लट दिएको छ । सिड्नी विमानस्थलबाट उडान अनुमति लिएपछि निगमले अष्ट्रेलियाको नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले तत्कालका लागि सिङ्गापुरमा प्राविधिक अवतरण गरी सिड्नी उडान गर्ने बताए । ‘असार २१ गतेबाट उडान सञ्चालन गर्ने लक्ष्य राखेर आवश्यक प्रक्रिया अघि बढाइएको छ’, उनले भने । निगमले सिंगापुर र सिड्नीमा हवाई इन्धनका लागि कम्पनी छनोट गर्ने प्रक्रिया सुरु गरिसकेको छ र सिंगापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टिनेन्स, मर्मत र सञ्चालन) कम्पनी छनोट गरिसकेको छ । वाइडबडी एयरबस ‘ए’ ३३० मार्फत अस्ट्रेलियाको सिड्नीमा सिधा उडान गर्ने तयारी गरिएको निगमले जनाएको छ । त्यस्तै निगमले असार १२ गतेदेखि मलेसियाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेको छ भने मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनात्मक उडान भाडा रु ११ हजार ४६१ मात्र रहेको छ । ‘मलेसिया–भैरहवा–काठमाडौंसम्मको टिकट सस्तोमा उपलब्ध गराएको छ’, घिमिरेले भने । त्यस्तै, मलेसिया–भैरहवा–काठमाडौँको हवाई भाडा रु १२ हजार ३ सय ४६ तोकिएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400