सङ्घीय समिति सञ्चालन नियमावलीको प्रतिवेदनमाथि विचार

0
20
संघीय संसद्को संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त समिति (कार्य सञ्चालन) नियमन मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघि सांसदहरु प्रेम सुवाल र सुमना श्रेष्ठले आफ्नो धारणा राखेका थिए । समितिका सभापति ध्रुवबहादुर प्रधानले सांसदको जिज्ञासाको जवाफ दिनुभयो । संसदले जेठ २८ गते नियमावली पारित गर्ने कार्यक्रम छ ।

यसका लागि संघीय संसदको संयुक्त बैठक यही वैशाख २८ गते बिहान ११ बजे बोलाइएको छ ।

सभासद देवेन्द्र पडुएलको प्रस्तावमा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराईको समर्थनमा गत जेठ ३ गते बसेको संयुक्त बैठकले समिति गठनको प्रस्तावलाई अनुमोदन गरेको थियो । समितिमा १६ सदस्य रहेका छन् ।

WorldWide Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here