रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्

0
14
रुकुम पश्चिमको बनफीकोट गाउँपालिका–८ ठुलीमा जीप दुर्घटना भएको छ ।

बिहीबार बिहान भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको र आठजना घाइते भएको बताइएको छ ।

सानीभेरी गाउँपालिका–५ मेलचौरबाट सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जीप दुलीको मोतीखोलामा दुर्घटना भएको घटनास्थलबाट सानीभेरी गाउँपालिका–३ का नवराज पुनले बताए ।

दुर्घटनामा सानीभेरी गाउँपालिका–५ का देउचन खत्री, कर्णबहादुर बाथा, बाँफीकोट गाउँपालिका–८ की रेखा खत्री र उनका छोराको मृत्यु भएको छ । त्यस्तै आठ जना घाइते भएका छन् ।

दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

जीप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।

WorldWide Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here