गायक ई.वीरेन्द्र श्रेष्ठ र गायिका मेलिनाको ‘जाली रुमाल’ सार्वजनिक(भिडियो)

0
320

काठमाण्डौं, असोज १५ /चर्चित इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भीम बिष्टको शब्द संगीतमा तयार पारीएको गीतमा गायक वीरेन्द्र श्रेष्ठलाई सुमधुर स्वरकी धनी चर्चित लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छिन । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन भने म्युजिक सम्पादन श्याम्श्वेत रसाईली को रहेको छ ।

चर्चित नृत्य निर्देशक कोरियोग्राफर गम्बिर बिष्टको निर्देशनमा बनेको भिडियोमा चर्चित नायक पल शाह र नायिका रियासा दाहाल तथा अहिलेका व्यस्त लोकप्रिय क्रिउ कार्टुन क्रिउका सरोज र आश्माको जोडीको रमाइलो नृत्य गरेको देख्न सकिन्छ । लकडाउनको कारण खाली रहेको अवस्थामा याक एण्ड येति होटेलमा दरबारको झल्को आउने सिनमा पल, सरोजलाई युबराजको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा नवराज उप्रेतीको छांयाकन नबिन रिजालको सम्पादन रहेको छ । भिडियो इनाक्षीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here