सफल व्यवस्थापक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने जरुरी देखियोःडा.डिआर उपाध्याय

0
462

नेपाल विद्युत् प्राधिकरणमा कुलमान कै खाँचो छ अहिले सरकारका कमीकमजोरीलाई जनताले खबरदारी गरिरहेका छन् । सरकारका कामकारवाही प्रति आम नागरिकको तीव्र असन्तुष्टि छ । तर, सरकारले त्यस्ता असन्तुष्टिबारे खासै चासो देखाएको छैन । अझै समाजमा गरिबी, अभाव, विभेद कायम छ । जनताले सुरुवाती दिनमा यो सरकारबाट जुन किसिमको आशा गरेका थिए । त्यस अनुसार काम हुन नसक्दा आम नागरिक निराश छन ।

बर्तमान सरकारले आफूले प्रतिवद्धता जनाए बमोजिम देशलाई विकास र सुशासन दिन सकेन । यो नै आम नागरिकको गुनासो हो । सरकारले जनताको पक्षमा राम्रो काम गरेर देखाउने समय हो यो । तर सत्तारुढ दल र उसको नेतृत्वमा बनेको सरकार कता कता अल्झिरहेको छ । यति बेला कोरोना भाईरसका कारण धेरै क्षेत्र समस्याग्रस्त छन् ।समस्याग्रस्त क्षेत्रहरु माथि उठन धेरै समय लाग्ने देखिन्छ । बर्तमान सरकारले जनतालाई अभिभावकत्व दिन सकेको छैन । आम नागरिकको अभिभावकत्व निर्वाह गर्ने जिम्मेवारी सरकारको हो । आफना समस्या सरकार सामु नराखेर जनताले अरु को संग राख्ने ? राज्य पक्षबाट नागरिकलाई सन्तुष्ट पार्ने काम गर्नु पर्छ । यो उसको दायित्व हो । सरकार बने देखि यता अनेक प्रकरण भए ।

यती प्रकरण, औषधिमा भ्रष्टाचार, एमसीसी प्रकरण लगायतमा यो सरकार आलोचित छ । राजनीतिक नियुक्तिमा विभिन्न ठाउँमा आफन्तहरू भरिएका छन । नातावाद कृपावादले जरो गाडेर बसेको छ । यस्तो भए पछि देश कसरी बन्छ ? यो सरकारबाट जनताले विकास र सुशासनको के आशा गर्ने ? सरकार अब सच्चिनु पर्छ । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनु पर्ने भन्दै बेला बेलामा सडकमा नारा जुलुस निस्किरहेका छन । देशलाई लोडसेडिङबाट मुक्त बनाएर प्राधिकरणलाई मुनाफामा लैजान सफल व्यवस्थापक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने युवाको माग जायज छ । कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल मार्फत नागरिकले आफना अभिब्यक्तिहरु ब्यक्त गरेका छन । तर, सरकारले उनको पुनर्नियुक्तिमा कानुन व्यवधान रहेको प्रतिक्रिया दिएर पन्छिदै छ । जसले राम्रो काम गर्दछ, उसको पछाडि जनता हुन्छन ।

डाहा , रिस गर्नु पर्ने कुनै जरुरी छैन । नेपाल विद्युत् प्राधिकरणमा कुलमान कै खाँचो छ । किन भने उनले अध्यारो नेपाललाई उज्यालो बनाएर छोडेका छन । सफल व्यवस्थापक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने जरुरी देखिएको छ । यो मेरो ब्यक्तिगत धारणा हो । राम्रो काम गर्नेलाई अवसर र हौसला दुवै दिनु पर्छ । निस्वार्थ भावले देश र जनताको पक्षमा काम गर्नेमो मनोवल बढाईदिनु पछृ । कसैले कसैको खुट्टा तान्र्ने प्रवृति राम्रो होइन , यसले आफैलाई घाटा हुन्छ । हाम्रो समाजमा यो प्रवृति अझै हटेको छैन । अव राजनीति दल र तीनका नेताहरुले नेपाली समाजलाई ढाँट्ने ठग्ने दिन गए । समाज धेरै अघि बढेको अवस्था छ । जनता संग जे बोलिन्छ , त्यो बाचा पुरा गर्ने दिन हो यो । अनि मात्र जनताको साथ र सहयोग रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here