सूचना प्रविधि क्षेत्रको विकासले मुलुकको समृद्धिमा टेवा पुर्याउन सक्छ : मन्त्री शर्मा

0
97
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासले मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ ।

‘तर त्यसका लागि सूचना प्रविधिको सदुपयोगमा जनताले ध्यान दिनुपर्छ’, दाङको गोराहीमा महिला सेवा संस्थाले आयोजना गरेको आईटी र इन्टरनेटका विषयमा महिलाको समस्याबारे अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री शर्माले भने ।

यदि हामीले सूचना प्रविधिको विकास गरी यसको पहुँच सुनिश्चित गर्न सक्छौं भने यसले देशको समग्र आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पु¥याउन सक्छ । तर, त्यसका लागि सबैले यसको उचित सदुपयोग गर्नुपर्ने मन्त्री शर्माले बताए ।

उनले प्रविधिमैत्री सेवा प्रवाहलाई अभिवृद्धि गर्न सरकारले सन् २०२३ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याउने लक्ष्य राखेको र गाउँगाउँलाई सेवासँग जोड्न सञ्चारसँग सम्बन्धित निकायले काम गरिरहेको बताइन् ।

इन्टरनेट र प्रविधिको पहुँच र विकासले महिलालाई काम गर्न सजिलो बनाउन सक्छ र यसले असमानतालाई पनि कम गर्छ,’ उनले भनिन् ।

विगतमा घरायसी काममा मात्र सीमित रहेका महिलाहरु संसदमा पुग्ने र राष्ट्रपति, राष्ट्र प्रमुख बन्ने राजनीतिक परिवर्तनले सम्भव भएको बताउँदै उनले प्रविधिको प्रयोगलाई बढाउन महिलालाई आग्रह गरे ।

उनले प्रविधिको प्रयोगले घरायसी काम र अन्य व्यावसायिक वा पेशागत काम दुवैको जिम्मेवारी वहन गर्ने महिलालाई सहज बनाउन सकिने बताए ।

मन्त्री शर्माले आवश्यक कानुन बनाएर सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्न सरकारले काम गरिरहेको स्पष्ट पारे ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here