मनसुन देशभर फैलिएको छ

0
97
मनसुनी मौसमी प्रणालीको प्रभाव हाल देशको पूर्वी र मध्य भूभागमा रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यस मौसमी प्रणालीका कारण मध्य र पूर्वी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मनसुन प्रणाली गत असार १४ गते देशको पूर्वी भूभाग हुँदै प्रवेश गरेको थियो । महाशाखाले विशेष बुलेटिन मार्फत कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, वाग्मती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमनको घोषणा गरेको थियो । गण्डकी प्रदेशको पूर्वी भागहरू।

महाशाखाका मौसमविद् रोजन लामिछानेले मनसुन क्रमशः विस्तार हुँदै गएको र देशभर फैलिन एक साता लाग्ने बताए ।

‘मनसुन सुस्त गतिमा फैलिरहेको छ, पश्चिमतर्फ फैलिन अझै केही दिन लाग्ने छ । मनसुन केही हदसम्म कमजोर भए पनि वर्षा भने निरन्तर भइरहेको छ ,’ उनले भने ।

मनसुन सुस्त गतिमा फैलिँदै गएकाले देशको पश्चिमी भूभागमा मनसुन फैलिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । सामान्यतया नेपालमा जुन १३ मा मनसुन प्रवेश गर्छ । यस वर्ष मनसुन एक दिन ढिलो प्रवेश गरेको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here