नेपालले ओमानलाई २ विकेटले पराजित गरेको छ

0
124
आइसिसी विश्वकप छनोट २०२३ को लागि आज भएको अभ्यास खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको छ ।

जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले ओमानले दिएको २६८ रनको विजयी लक्ष्य ४४.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ९४ बलमा १०१ रन सहित शतक बनाए । ब्याटिङमा अन्य उल्लेखनीय योगदान पुर्याएका भीम सार्कीले ७४ बलमा ५६ रन, कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ र दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे । आसिफ शेखले २४ बलमा २३ रन बनाए भने कुशल मल्लले १७ रनको योगदान दिए ।

ओमानका लागि अकिब इलियासले ४ र फैयाज बटले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको ओमानले ४९.२ ओभरमा अलआउट भएपछि २६७ रन बनाएको थियो । कप्तान जिशान मक्सुदले १०६ बलमा १०९ रन बनाए भने सोयाब खानले ६८ बलमा ३८ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए ।

आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता आगामी जुन ३ देखि जिम्बाब्वेमा हुँदैछ ।उद्घाटन खेलमा नेपालले आयोजकसँग खेल्नेछ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here