पूर्वी नेपालमा बाढी र पहिरोमा परी करिब ५० करोड रुपैयाँ बराबरको भौतिक संरचना ध्वस्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो जानकारी दिएका हुन् । “ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, पाँचथर लगायतका जिल्लामा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको छ, विपद्मा केहीले ज्यान गुमाएका छन् भने केही बेपत्ता भएका छन् । म व्यक्तिगत रूपमा र सरकारको तर्फबाट शोक प्रकट गर्न चाहन्छु । पीडितहरूलाई।" उद्धार र राहत वितरणलाई तीव्रता दिइएको बताउँदै उनले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सरकारी कर्मचारीलाई उद्धार र राहत वितरणमा खटाइएको बताए । उनले भने, ‘बाढीले हुवा खोलाको पुल बगाएपछि ताप्लेजुङ अन्य जिल्लासँग सम्पर्कविहीन भएको छ । विद्युत सेवा पनि अवरुद्ध भएको छ । अरुण करिडोरको पाँच मिटर सडकमा क्षति पुगेको छ ।” मध्यपहाडी लोकमार्ग केही स्थानमा क्षति पुगेको उनले बताए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400