चलचित्र ‘एकादेशको कथा’को नयां गीत ‘नाच मारुनी’ सार्वजनिक

0
222

चलचित्र ‘एकादेशको कथा’को ‘नाच मारुनी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
चाडै रिलिजको अन्तिम तयारी रहेको नेपाली कथानक चलचित्र ‘एकादेशको कथा’को नाच मारुनी गीत ओ एस् आर डिजिट्लको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

निर्मल प्याकुरेलको कथा तथा निर्देशन रहेको चलचित्रको यस् गीतमा गायक शिव संगीत र गायिका टिका पुनको स्वर रहेको छ । गंगा केसी र निर्देशक प्याकुरेलकै शब्द रहेको गीतमा डा. सिंह गुरुङ लगायतको अभिनय तथा नृत्य रहेको छ भने संगीत कुलमान नेपालीको रहेको छ ।

निर्माता भरत चन्द तथा यम आचार्यको संयुक्त निर्माण रहेको श्रीनाथ फिल्मस्को ब्यानरमा निर्माण यस् चलचित्रमा नायक धिरेन शाक्य, गौरव पहाडी, नायिका बिपासा बिसी, नन्दा बस्याल, शंकर बिसी, यम आचार्य, सिता भण्डारी, हरी ढकाल लागयातका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

नेपाली सिने जगतका अग्रज छांयाकार राजु केसीको डाईरेक्टर अफ फोटोग्राफी रहेको चलचित्रमा भरत कुलमानको छायांकन रहेको छ । सम्पादन प्रितम पाण्डेको रहेको छ भने कलर रेनिश पाह्गोले गरेका छन ।

चलचित्र ‘एकादेशको कथा’लाई छिट्टै नै समय अनुकुल भएपछी सार्वजनिक गर्ने तयारीमा रहेको कुरा चलचित्र निर्देशक निर्मल प्याकुरेलले बताउनु भयो ।

अहिलेको विषम परिस्थितिका कारण सम्पूर्ण नेपाली सिने जगत मै प्रतिकुल असर परेकोले तोकिएको समयमा चलचित्र प्रर्दशन गर्न नसकिए पनि स्थिती सामान्य हुना साथ चलचित्र प्रर्दशन गरिने जानकारी अग्रज सिने छाँयाकार राजु केसिले बताउनु भयो ।

https://www.youtube.com/embed/Vt_f_3ig2Cs?feature=oembed

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here