आइसिसी क्रिकेट विश्वकप छनोटअन्तर्गत आइतबार हरारे स्पोर्ट्स क्लबमा भएको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध ८ विकेट गुमाएर ५० ओभरमा २९० रन बनाएको छ । पहिले ब्याटिङ गरेको नेपालले क्रमशः कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकको मद्दतले जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको थियो । भुर्तेलले ९५ बल खेल्दै ९९ रन बनाएर एक रन मात्रै शतक बनाउन सकेन भने शेखले १०० बल खेल्दै ६६ रन बनाए । त्यस्तै कुशल मल्लले ४२ बल खेल्दै ४१ रन बनाए । जिम्बाब्वेका बलर रिचर्ड नगारभाले ४३ रन दिएर ४ विकेट लिए । त्यस्तै वेलिंग्टन मसाकाड्जाले २ विकेट लिए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400