पाँचथरको हेवाखोला खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका पाँचै जनाको सनाखत भएको छ । खोलाले जिल्लाको फिदिम गाउँपालिका र हिलिहाङ गाउँपालिकालाई जोडेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले उनीहरुको पहिचान हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ रहेको… फिदिम नगरपालिका–११ का २८ वर्षीय संजोग लिम्बु; फिदिम–५ का ५५ वर्षीय राजकुमार राई; फिदिम–४ का २८ वर्षीय आशिष माझी र हिलिहाङ–७ की २५ वर्षीया अलिसा माझी । तीमध्ये तामाङ, लिम्बु र राई नदीको पुल क्षेत्रबाट बगेर गएको र बाँकी दुई फिदिम–४ र हिलिहाङ–७ जोड्ने माजिटारको तमोर संगमबाट बगेको अनुमान गरिएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र एउटा गोठ बगाएको छ । याङवारक गाउँपालिका–२ फलैँचामा रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र कृष्ण बेघाको एक तले घर नदीले बगाएको छ । याङवारकमा अहिलेसम्म कुनै मानवीय क्षति नभएको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । कार्यालयका अनुसार मेची राजमार्ग अन्तर्गतका एक, तमोर करिडोरको बेली पुल र फालेलुङ गाउँपालिकाका दुई वटा गरी चार पुल नदीले बगाएको छ । बाढीले फलेलुङको तमोर जलविद्युत् आयोजनाको स्काभेटर पनि बगाएको छ । बाढीले मेची राजमार्ग र तमोर करिडोरका सडक अवरुद्ध भएका छन् । क्षतिको विवरण संकलन भइरहेको छ । हेवा खोलामा आएको बाढीले पुल बगाएपछि पाँचथर र छिमेकी ताप्लेजुङ जिल्ला र हिलिहाङ र याङवारकबीचको सडक सम्पर्क विच्छेद भएको छ । सडक अवरुद्ध हुँदा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्नेलाई अस्पताल पु¥याउन असुविधा भएको छ । त्यसैगरी यस क्षेत्रमा उत्पादित दुग्धजन्य पदार्थ र हरियो तरकारीको आपूर्ति अवरुद्ध हुँदा किसानलाई ठूलो नोक्सानी भएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400