नेपाल मेडिकल कलेजको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द

0
101

जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ।

बिरामीको उपचारका क्रममा निधन भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेपछि अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै ओपिडी सेवा अनिश्चितकालका लागि बन्द भएको जानकारी दिएको हो ।

अस्पतालले तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ।

जेठ २८ गते गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएका थिए। तर, धितालको ३० जेठमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बिरामीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि चिकित्सकले जानकारी नगराएको भन्दै मंगलबार बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here