बागलुङमा जीप सडकबाट ५ सय मिटर तल खस्यो, दुईको मृत्यु

0
65

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप

काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।  दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो ।

मृतक दुवै पुरुष रहेको केसीले बताए। जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here