अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख बनेका छन्। बैंकरको परिचय बनाएका शाह केही दिनअघि रास्वपा प्रवेश गरेको बताइएको छ।
उनलाई आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए। पार्टी सभापति लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए।
रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ। चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।