अखाद्य तरल पदार्थ खाँदा दुई जनाको मृत्यु

0
78
बर्दियाको मधुवन नगरपालिका–८ मा स्यानिटाइजर जस्तो देखिने तरल पदार्थ खाँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना बिरामी परेका छन् ।

मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

त्यसैगरी सोही परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीय जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई उपचारका लागि गएराति नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here