HARARE, ZIMBABWE - JUNE 18: Aasif Sheikh and Kushal Bhurtel bump gloves as they prepare to bat prior to the ICC Men's Cricket World Cup Qualifier Zimbabwe 2023 match between Zimbabwe and Nepal at Harare Sports Club on June 18, 2023 in Harare, Zimbabwe. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)
जिम्बावेको हरारेस्थित ताकासिङ्गा स्पोर्ट्स क्लबमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि नेपालको सुपर सिक्समाको यात्रा समाप्त भएको छ ।
यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ भने नेदरल्याण्ड्स सुपर सिक्समा प्रवेश गरेको छ । समूह ‘ए’ बाट खेल खेल्ने पाँच टोलीमध्ये तीन टोली–नेदरल्यान्ड्स, आयोजक जिम्बाब्वे र वेस्ट इन्डिजले सुपर सिक्समा स्थान सुरक्षित गरेका छन् । अर्को टोली अमेरिका पनि बाहिरिएको छ।
नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ९० रन बनाए । त्यस्तै बास डी लिडेले ४१ र विक्रमजीत सिंहले ३० रनको योगदान दिए ।बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई र गुलसन झाले एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।
पराजित टोलीका लागि कप्तान रोहित पौडेलले ५५ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३३ रन बनाए । त्यस्तै सन्दीप लामिछानेले २७ र कुशल भुर्तेलले ४२ बलमा २७ रन बनाए । भीम सार्कीले ५६ बलमा २२, झाले १५, दीपेन्द्र सिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।
नेदरल्यान्ड्सका लागि लोगान भान बेकले ४ तथा बास डी लिडे र विक्रमजीत सिंहले २/२ विकेट लिए । त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले एक एक विकेट लिए ।
नेपालले आफ्नो उद्घाटन खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनको हार बेहोरेको थियो ।
त्यस्तै, नेदरल्यान्ड्सले जिम्बाब्वेसँग ६ विकेटले हार बेहोरेको थियो भने अमेरिकालाई ५ विकेटले हराएको थियो । नेदरल्याण्ड्सले आगामी सोमबार वेस्ट इन्डिजको सामना गर्दैछ ।