१४ औं साफ च्याम्पियनसिप: नेपालको लागि सान्त्वनाको जीत

0
76
भारतमा जारी १४ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई हराउँदै सान्त्वना जित दर्ता गरेको छ ।

भारतको बैंगलोरस्थित कान्ति राव रंगशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको हो ।

खेलको ८० औं मिनेटमा आशिष चौधरीले गरेको गोलले प्रतियोगितामा देशलाई पहिलो जित दिलायो । नेपालले तीन खेलमा मात्र ३ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । भारत र कुवेत दुवैसँग पराजित भएको थियो ।

जसका कारण आयोजक भारत र कुवेत सेमिफाइनलमा पुगेका छन् भने नेपाल र पाकिस्तान क्षेत्रीय प्रतियोगिताबाट बाहिरिएका छन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here