उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता

0
110
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग सिचुवान प्रान्तको राजधानी छेन्दुमा भेटवार्ता गर्नुभएको छ ।

दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न आयामका विषयमा छलफल भएको थियो ।

दुई देशबीचको व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटीलगायतका विषयमा र नेपाललाई चीनको सहयोग बढाउने विषयमा विचार आदानप्रदान भएको थियो । नेपाल–चीन सीमामा थप व्यापार तथा पारवहन नाका खोल्ने र आवागमन सहज बनाउने विषयमा सकारात्मक छलफल भएको छ ।

त्यसैगरी चिनियाँ सहयोगमा नेपालमा निर्माण भएको आयोजनालाई छिटो सम्पन्न गर्न दुवै पक्ष सहमत भएका छन् । प्राकृतिक प्रकोप र विपद्को सामना गर्न सहकार्य गर्ने सहमति भएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीति दोहोर्‍याउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनतालाई सदैव सहयोग गरेकोमा चीनलाई धन्यवाद दिनुभयो । राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धिमा नेपालले जोड दिएको बताउँदै उहाँले आगामी दिनमा नेपालको आर्थिक विकासका लागि चीनको सहयोग र लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ उपप्रधानमन्त्री लिफेङले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताए । उनले तातोपानी नाका व्यापार तथा यातायातका लागि खुला गर्न पहल गर्ने आश्वासन दिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ मा भएको काठमाडौं भ्रमणको स्मरण गर्दै उपप्रधानमन्त्री लिफेङले द्विपक्षीय भ्रमणको आदानप्रदानबाट दुई देशबीचको सम्बन्ध थप मजबुत भएको बताए ।

भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल र छेन्दुस्थित नेपाली महावाणिज्य दूत दिनेशलगायतको सहभागिता थियो । कुमार घिमिरे ।

चीनको तर्फबाट उपप्रधानमन्त्री फङ, सिचुवान प्रान्तका पार्टी सचिव वाङ सियाओहुई, उपमन्त्रीहरू र बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) का वरिष्ठ अधिकारीहरू।

यसअघि आज उपप्रधानमन्त्री श्रेष्ठ र उहाँको सात सदस्यीय प्रतिनिधिमण्डललाई छेन्दुस्थित तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान पिपुल्स गभर्नमेन्टका उपमहासचिव सिया ओफोङ र नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार वेस्टर्न चाइना इन्टरनेशनल एक्स्पोको उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले सिचुवान एयरलाइन्स र सिचुवान इन्भेष्टमेन्ट ग्रुपका अधिकारीहरूसँग छलफल गर्नेछन्।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here