भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मनसुनले देशका विभिन्न भागमा परेको विपद्का कारण राहत सामग्री वितरण र पहिरो पीडितलाई मुआब्जा वितरणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री ज्वालाले असार मसान्तमा पहिरो र बाढीले प्रभावित पाँचथरको फिदिमको निरीक्षण भ्रमणका क्रममा सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । जिल्ला प्रशासन कार्यालय फिदिममा भएको भेटमा मन्त्री ज्वालाले प्रधानमन्त्रीका लागि वर्तमान सरकारको प्रतिनिधिका रुपमा यहाँ आएको र विपद् प्रभावित स्थानको निरीक्षणका लागि आउन नसकेको बताए । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि तत्परताका साथ अगाडि बढ्न सरोकारवालालाई आग्रह गर्दै मन्त्रीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका साथै आधारभूत सेवाबाट वञ्चित विपद्पीडितका आवश्यकतालाई सम्बोधन गर्न उपलब्ध सबै स्रोतसाधनको उपयोग गर्न आग्रह गरे । उनले पाँचथरमा बाढीमा बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी राख्न सुरक्षा निकायलाई निर्देशन दिए । मन्त्री ज्वालाको टोली गत असार १ गते पाँचथरमा आएको बाढीले मानवीय तथा भौतिक पूर्वाधारमा भएको क्षतिको निरीक्षण गर्न पाँचथर आएको थियो ।उहाँले हेवाखोलामा बेली ब्रिज निर्माण गर्न स्थानीय तहलाई निर्देशन दिनुभयो । उनले तमोर करिडोरको माजिटार र मध्यपहाडी लोकमार्गको दोभानमा बेली पुल निर्माणको काम थाल्ने स्थानीयलाई आश्वासन दिए । पाँचथरबाट निर्वाचित सांसद वसन्तकुमार नेम्वाङले बाढी पहिरोले भौतिक पूर्वाधारमा क्षति पु¥याएको र मानवीय ज्यान गएपछि स्थानीयवासी समस्यामा परेको बताए । विपद्पछिको पुनर्निर्माणको काम तत्काल गर्न दबाब दिँदै उनले घर, खेतबारी, गाईवस्तुलगायत पूर्वाधारको क्षतिमा परेका जिल्लावासीलाई तत्काल राहत सामग्री र क्षतिपूर्ति दिन बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । मन्त्रीको भ्रमण टोलीले विपद्बाट क्षतिग्रस्त सडक र अन्य पूर्वाधारको निरीक्षण गर्ने कार्यक्रम रहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मुंगरातीले जानकारी दिए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400