रौतहटमा आमा छोरीको शव फेला परेको छ

0
108
रौतहटको मौलापुर गाउँपालिका–४ पटौरामा आज आमा र छोरी मृत फेला परेका छन् ।

२४ वर्षीया कवितादेवी बाहिर सिँढीमुनि मृत अवस्थामा फेला परेकी छन् भने उनकी २ वर्षीया छोरी आरुही पंखामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनापछि मृतक कविताका श्रीमती धीरेन्द्र शाह र ससुरा नागेन्द्र शाह फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी तथा प्रवक्ता उमाशंकरप्रसाद यादवले जानकारी दिए ।

प्रहरीले कविताकी सासू र भाउजुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । कविताको परिवारले दाइजोको बहानामा कविताको हत्या गरेको आरोप लागेको छ ।

मृतक कविताको जन्म घर जिल्लाको माधवनारायण गाउँपालिका–५ मिठुवा गाउँमा छ । छोरीको मृत्युको खबर पाएलगत्तै मृतकका बुबा विजयशंकर शाह घर पुगेका थिए । घटना भएको लामो समयपछि छोरी र नातिनीको शव हेर्न पाएकोमा उनले दुःख व्यक्त गरे । उनका अनुसार छोरी र ज्वाइँबीच बारम्बार दाइजोलाई लिएर झगडा हुने गरेको छ ।

उनले खुलासा गरे, ‘कविताले श्रीमती धीरेन्द्रले बारम्बार ओछ्यान, सुनको औंठी, नगद र सुनको चेन दाइजो माग्ने गरेको बताइन् ।

मृतक कबिलाको परिवारका तर्फबाट अहिलेसम्म कुनै उजुरी परेको छैन भने प्रहरीले हाल साक्षीको बयानमा घटनाको अभिलेख राखेको प्रहरीले जनाएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here