पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध गरेको छ

0
78
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक आज बिहान पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

बिहान ११ः३५ बजे पहिरो खस्दा सडकको दुईतर्फी यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि सोही स्थानमा बिहान ३ः१५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक केही घण्टापछि सुचारु भएको थियो । तर, पहिरोका कारण माटो जम्मा भएर फेरि अवरुद्ध भएको छ ।

भग्नावशेष हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक खाली गर्न अपरेटरसहितका ठूला उपकरणहरू स्ट्यान्डबाइमा राखिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो सडकमा दैनिक १० हजार सवारीसाधन चल्छन् ।

यातायात अवरुद्ध हुँदा यात्रुहरु मारमा परेका छन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here