सरकारले कला र खेलकुदलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड

0
121
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कला, साहित्य र खेलकुद क्षेत्रलाई सरकारले ‘विशेष’ प्राथमिकतामा राखेको बताउँदै त्यसमार्फत मुलुकको आर्थिक रुपान्तरणका लागि पहल गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज यहाँ ‘तेस्रो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला महिला तथा पुरुष बक्सिङ प्रतियोगिता’को उद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय क्रिकेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको सफलताको स्मरण गर्दै नेपाली बक्सिङलाई विश्वभर चिनाउन आवश्यक रहेको बताए । खेलकुदको विकासमा देशको समृद्धि र नेपाली युवाको भविष्य जोडिएको उनको तर्क थियो ।

‘यसपटक कला, साहित्य र खेलकुदलाई धेरै महत्त्व दिएको छु, युवाको शारीरिक र मानसिक विकासका साथै सामाजिक एकता र सद्भाव कायम गर्न, आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने । चार दिने प्रतियोगिता बूढानीलकण्ठ नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र नेपाल बक्सिङ संघको संयुक्त आयोजनामा ​​भएको थियो ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here