नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ

0
105
अशोक धामीको अलराउन्ड प्रदर्शनमा नेपालले शुक्रबार क्वालालम्पुरमा भएको एसीसी यू–१६ पूर्वी क्षेत्र कपमा आयोजक मलेसियालाई ८४ रनले पराजित गर्दै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

बेयुमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.४ ओभरमा सबै विकेट गुमाएर १८३ रन जोडेको थियो । जवाफमा मलेसिया ३०.५ ओभरमा ९९ रनमा अलआउट भयो ।

मलेसियाका लागि धामीले चार विकेट लिए । मलेसियाका लागि कप्तान अभिषेक तिवारीले तीन र सन्तोष यादवले दुई विकेट लिए ।

मलेसियाका लागि मोहम्मद हेरिल (२५), कप्तान मोहम्मद अलिफ (१५), मोहम्मद अक्रम (१२) र अरिन अकिल (नटआउट १०)ले मात्र दोहोरो अंकको स्कोर बनाए। तीन ब्याट्सम्यान शून्यमा आउट भए भने अन्यले घरेलु टोलीका लागि अधिकतम ६ रन बनाउन संघर्ष गरे।

यसअघि धामीले आफ्नो ब्याटबाट ३६ बलमा ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले नेपालका लागि सर्वाधिक ५ छक्का र तीन फ्यान्स प्रहार गरे ।

नेपालले २१.४ ओभरमा ९१/७ बनाएपछि धामीले नरेन भट्टसँगको जोडीमा आठौं विकेटका लागि ४५ रनको साझेदारी गर्दै नेपाललाई १३६ रनको अग्रता दिलाएका थिए । भट्ट ४३ बलमा २९ रनमा ढले। त्यसपछि धामीले कृतिक कामत (१७ बल १६) सँग नवौं विकेटका लागि ३१ रनको साझेदारी गर्दै नेपाललाई मध्यम स्कोरमा पुर्याए।

नेपालको ब्याटिङमा ओपनर सुर्यांशु कोइरालाले २९ रन जोडे भने दिपु कुमार (१५)ले दोहोरो अंक जोडे ।

हाजिक हाइकल, मोहम्मद अक्रम, एरियन अकिल र मोहम्मद मुकरीले समान २–२ विकेट लिए ।

यो हारसँगै मलेसिया समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here