प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि नयाँ क्रान्ति सुरु गर्दै भ्रष्टाचारविरुद्ध सरकार थप आक्रामक हुने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र)सँग आबद्ध वाईसीएल नेपालका पदाधिकारीसँगको भेटमा उनले सुशासन प्रवद्र्धनका लागि सरकारले अरु कसैसँग सम्झौता नगर्ने बताए । सरकार प्रमुखले घोटालाको छानबिन गर्ने र अपराधमा संलग्नलाई कारबाही गर्ने वाचा गरेको वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले बताए । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षले पार्टीको युवा संगठनलाई सरकारले नकारात्मक काम गरे आलोचना गर्न र ‘राम्रो’ पहलको प्रवद्र्धन गर्न आग्रह गरे । उनले सरकारले कुनै पनि हालतमा भ्रष्टाचारलाई संरक्षण नगर्ने बताउँदै जनताको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए । नेकपा (माओवादी केन्द्र)का अध्यक्षले वाइसिएललाई आगामी सेप्टेम्बर २५–२७ मा हुने राष्ट्रिय महाधिवेशनलाई संगठनलाई नयाँ ढंगले सुदृढ गर्ने र जनतासँगको सम्बन्धलाई सुमधुर बनाउने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400