नारायणगढ–मुग्लिन सडकखण्डमा दुईतर्फी सवारी आवागमन सुचारु भएको छ । इच्छाकामना–५, तीन नम्बरको पुलमा पहिरो खसेपछि आज बिहानैदेखि दुईतर्फी यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएपछि सवारी आवागमन सामान्य भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । आज बिहान पहिरोमा परी ना ६ ख ७१० नम्बरको ट्रकका चालक पनि घाइते भएका छन् । घाइते चालकको मुग्लिन राजमार्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसअघि शनिबार रातिदेखि अवरुद्ध भएको सडक १८ घण्टापछि आइतबार साँझदेखि सञ्चालनमा आएको थियो । बारम्बार पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400