मलेसियाको बेयुमास ओभलमा भएको खेलमा नेपालले सिंगापुरलाई ९७ रनले पराजित गर्दै एसीसी यू–१६ पूर्वी क्षेत्र कपको फाइनलमा प्रवेश गरेको छ । नेपालले फाइनलमा मंगलबार मलेसियाको सामना गर्दैछ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा सबै विकेट गुमाएर ८७ रनमा सीमित भयो। ओपनर सूर्याशु कोइराला र निरजकुमार यादवको सन्तुलित साझेदारीमा नेपालले ६३ रन बनाएको थियो । कोइरालाले ४९ बलमा छ चौकासहित ४३ र निरजकुमारले ४९ बलमा एक छक्का र तीन चौकासहित ४२ रन बनाए । त्यस्तै, अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, प्रतीक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए भने दिपु कुमारले १२ रनमा अविजित रहे । सिंगापुरका लागि हरिहरनले तीन तथा हर्ष भेंकटरम र कबिर बेर्लियाले दुई–दुई विकेट लिए । सिंगापुरका रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र बर्लियाले ११ रन बनाए । नेपालका लागि कामतले १५ बलमा ९ रन दिएर ३ विकेट लिए । यस्तै सन्तोष, नरेन भट्ट, अशोक धामी, तिवारी र प्रतीक पोखरेलले एक–एक हात पारे ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400