शुक्लाफाँटामा सिसी क्यामेरा जडान

0
124
शान्ति सुरक्षा कायम राख्न शुक्लाफाँटा नगरपालिकाले १२ संवेदनशिल क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरेको छ ।
    
आपराधिक गतिविधि नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले यस्तो कदम चालेको हो ।
    
नगरपालिकाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति, झलारी र कलुवापुर क्षेत्रमा निगरानी क्यामेरा जडान गरिएको छ ।
    
बजार क्षेत्रमा बढ्दो चोरी, डकैतीलगायत आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र ट्राफिक समस्या समाधान गर्न क्यामरा जडानको काम गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिनुभयो ।
    
उनका अनुसार सुरक्षा संवेदनशील क्षेत्र स्थापना हुनुअघि नै पहिचान गरिएको थियो ।
    
विभिन्न क्षेत्रमा जम्मा १२ वटा सिसिटिभी जडान गरिएको छ । ‘सीसीटीभी क्यामराले प्रहरीलाई अपराध अनुसन्धानमा ठूलो सहयोग गर्छ’, उनले भने, ‘सीसीटीभी क्यामेराको नियन्त्रण इलाका प्रहरी कार्यालय, झलारीमा राखिएको छ ।
    
नगरपालिकाका मेयर रणबहादुर महराले नगरपालिकाको भूगोलका अन्य सुरक्षा संवेदनशील क्षेत्रमा क्रमशः सिसिटिभी क्यामेरा जडान गर्ने योजना रहेको बताए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here