बाजुरामा टेलरिङतर्फ महिलाको आकर्षण बढ्दै गएको छ

0
114
बाजुराका अधिकांश महिलाहरू पछिल्लो समय सिलाईको कामतर्फ आकर्षित हुँदै गएका छन् ।

दमाई, नेपाली र आउजी जातले मात्रै लुगा सिलाउने भन्ने बाजुराका अन्य जातजातिका महिलाले पनि पछिल्लो समय आफ्नो सोच बदलेर विभिन्न ठाउँमा लुगा सिलाउन थालेका छन् ।

पछिल्लो समय बाजुराका धेरै महिलाहरु सिलाईमा रुचि राख्ने काममा महिलाहरुका लागि निकै सहज हुने र यस पेशाबाट आम्दानी समेत हुने गरेको छ ।

बाजुराका नौ वटै स्थानीय तहका महिलाले सिलाई व्यवसाय सञ्चालन गर्न तालिमको माग गर्दै आएका छन् ।

यसरी सिलाईमा महिलाले रुची देखाउन थालेपछि जिल्लाका स्थानीय तहले पनि उनीहरूका लागि सिलाई तालिमको व्यवस्था गर्दै आएका छन् ।

सिलाई तालिममा स्थानीय निकायले एकल, अपाङ्ग, असहाय, गरिब तथा विभिन्न परिवारका महिलालाई विशेष प्राथमिकता दिँदै आएको छ ।

बाजुराका हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बूढीनन्द, बडीमालिका, गौमुल, बूढीगंगा, त्रिवेणी र खप्तड छेडेदह नगरपालिकाले एकल, अपाङ्ग लगायतका महिलाको अर्थतन्त्रमा सुधार ल्याउन टेलरिङ लगायतका विभिन्न तालिम सञ्चालन गर्दै आएका छन् ।

त्रिवेणी गाउँपालिकाले चालू आर्थिक वर्षमा एक सयभन्दा बढी महिलालाई सिलाई तालिम दिएको छ ।

तालिममा दलित समुदायको तुलनामा अन्य महिलाको सहभागिता बढी थियो ।

महिलाले सिलाई सिलाई गरेर सहज जीवनयापन गर्न चाहेकाले नगरपालिकाले महिलालाई सिलाई तालिमको व्यवस्था समेत गरेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।

त्रिवेणी नगरपालिकाकी उपमेयर कमला न्यौपानेले सिलाई व्यवसाय महिलाका लागि निकै नाफामुलक र सहज हुने भएकाले यसतर्फ बढी चासो देखाएकोले आफ्नो इच्छा अनुसार सिलाई र काटन तालिम दिइरहेको बताइन् ।

उनले गत आर्थिक वर्षमा त्रिवेणीका नौ वडामा महिलालाई टेलरिङ तालिम सञ्चालन गरेको बताइन् । तालिममा प्रत्येक वडाका करिब २० जना महिलाको सहभागिता रहेको बताउँदै उनले त्रिवेणी नगरपालिकाका १ हजार ८ सयभन्दा बढी महिलाले सिलाई तालिममा सहभागिता जनाएका छन् । उनीहरुमध्ये अधिकांशले तालिमपछि विभिन्न बजारमा टेलरिङ व्यवसाय सुरु गरेका छन् ।

न्यौपानेले केही महिला तालिम लिइरहेको बताइन् ।

त्रिवेणी नगरपालिका–४ की सरिता साउदले तीन महिना सिलाई तालिम लिएर गाउँमै सानो सिलाई व्यवसाय सुरु गरेको बताइन् ।

‘परिवारको आर्थिक अवस्था निकै कमजोर छ, लगानी गर्न सकेको छैन । स्थानीय सरकारले अनुदान दिएमा यो व्यवसायलाई अझै विस्तार गर्छु ,’ उनले भनिन् ।

त्रिवेणी नगरपालिकाका मेयर कर्णबहादुर थापाले स्थानीय तहले महिलालाई गाउँमै व्यापार गरेर जीविकोपार्जन गर्न सक्ने गरी विभिन्न सीप सिकाउने उद्देश्यले सीप तालिम सञ्चालन गरेको बताए ।

यसरी सीप सिकेका महिलालाई आगामी केही वर्षमा रोजगारी दिन विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here