आईसीसी विश्वकप छनोट प्लेअफमा नेपालले युएईलाई पराजित गरेको छ

0
85
आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटको सातौं स्थानको प्लेअफ सेमिफाइनलमा नेपालले युएईलाई तीन विकेटले पराजित गरेको छ ।

जिम्बाब्वेको हरारेस्थित ताकासिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले ४४ ओभरमा १८२ रनको लक्ष्य भेट्टायो ।

नेपालको जितका लागि दीपेन्द्र सिंह ऐरीले ७९ र सन्दिप लामिछानेले २३ रनको योगदान दिए ।

नेपालका लागि कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल र गुलसन झा बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले छैटौं स्थान सुरक्षित गर्न नसकेपछि दश टोलीमध्ये नेपालले सातौं स्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ ।

सातौं स्थानका लागि नेपालले मंगलबार आयरल्याण्डसँग खेल्दैछ ।

आजको खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here