काठमाडौं महानगरपालिकाले हनुमानढोका क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको छ । विश्व सम्पदा क्षेत्रको मौलिकता जोगाउन महानगरले यस्तो निर्णय गरेको हो । कामपाका मेयर बलेन्द्र शाहले यस ठाउँको प्राचीन सम्पदाको पहिचान भएकाले यसको विशिष्टता जोगाउन आवश्यक रहेको बताए । "यी सम्पदाहरू र तिनीहरूको पुरातन विशिष्टता हामीले गर्वका साथ संसारलाई देखाउन सक्छौं र सम्मानका साथ अपनाउन सक्छौं। लाखौं पर्यटकहरू यो ठाउँको अनुभव र आनन्द लिन आउन सक्छन्," उनले सामाजिक साइटमा भने। वसन्तपुर क्षेत्रमा दैनिक हजारौं पर्यटक आउने गरेको उल्लेख गर्दै मेयर शाहले आगामी दिनमा लाखौं पर्यटक आउने सम्भावना रहेको बताए । उनले हनुमानढोका परिसरमा सवारीसाधन निषेध गरिएको बताउँदै उक्त स्थानको विशिष्टता र सौन्दर्यता जोगाउन र परिसरको वातावरण शान्त, स्वच्छ र रमाइलो बनाउन आवश्यक रहेको बताए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400