सरकारले ४० माइक्रोनभन्दा मुनिका प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ

0
118
सरकारले ४० माइक्रोनभन्दा मुनिका प्लाष्टिकका झोला र वस्तुमा प्रतिबन्ध लगाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यो प्रतिबन्ध लगाएको हो । मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले जारी गरेको विज्ञप्तिमा सकेसम्म प्लाष्टिकका झोला तथा वस्तुको प्रयोग नगर्न र ४० माइक्रोनभन्दा कमको पोलिथिन झोला प्रयोग गर्न आग्रह गरिएको छ ।

उनले यो अभियानमा सहयोग गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई आग्रह गरे । फोहोर व्यवस्थापन आधारभूत सर्वेक्षण, २०२२ अनुसार घरबाट निस्कने फोहोरमध्ये १२ प्रतिशत प्लास्टिकजन्य वस्तु रहेको थियो । त्यसैगरी संस्थाबाट निस्कने फोहोरमा प्लाष्टिकजन्य पदार्थको २१ प्रतिशत र प्रतिष्ठानबाट निस्कने फोहोरमा २२ प्रतिशत प्लास्टिकजन्य वस्तु रहेको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here