सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिकै बिहीबार रा १ ख ८३४ नम्बरको बसमा विद्युतीय तारले छोएर करेन्ट लागेको हो । मृत्यु हुनेमा गंगादेव गाउँपालिका–४ का ७० वर्षीय बलराम डाँगी र उनका छोरा ४० वर्षीय तोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । अस्पताल पठाइएका अर्का एक जनाको पनि मृत्यु भएको बताइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार छत्रेश्री गाउँपालिका–६ का करिब ३५ वर्षीय महेन्द्र ओली गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि दाङ पठाइएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400