लर्ड अफ ड्रिंक्स (एलओडी) नामक नाइट क्लबका मालिक रुदिल बल्लभ श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ । एलओडी गएकी १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । सोही घटनामा अर्का मालिक राजुसिंह सुवाललाई पनि बिहीबार साँझ बालुवाटारबाट पक्राउ गरिएको थियो । नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको एसएसपी शाहले जानकारी दिए । जिल्ला प्रहरी परिसर ललितपुरले क्लबका सञ्चालकविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । बालिका बलात्कार गरेको आरोपमा सुदन कोइरालालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400