वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टद्वारा चेम्बर दिवसको अवसरमा झण्डोत्तलन

0
412

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चेम्वर दिवसको अवसरमा आयोजित कार्यक्रम माझ झण्डोत्तलन गरेका छन् । आज चेम्वर भवन जमलमा आयोजित चेम्बर दिवस कार्यक्रम माझ उनले झण्डोत्तलन गरेका हुन ।

उक्त अवसरमा मन्त्री भट्टले बि.स. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्सले आफ्नो स्थापना काल देखिनै उद्योग, वाणिज्य क्षेत्रको बिकाश तथा अन्य ब्यावसायीक गतिविधिहरु बिस्तारका लागि निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताए ।सो अवसरमा मन्त्री भट्टले कोभिड १९को बिषम परिस्थितिमा निजी क्षेत्र र सरकार वीच समन्वय र सहकार्यद्धारा आपूर्ति व्यवस्था सहज भएको बताए ।

‘नेपाल चेम्वर अफ कमर्स लगायत अन्य निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थालाई हामीले सरकारको अभिन्न अंगको रुपमा लिएका छौ र व्यापार घाटा न्यून गर्न,लगानी तथा उत्पादन वढाउने सम्वन्धी नीतिगत सुधारमा हामी टीम वर्कको रुपमा कार्य गरिरहेका छौ भने निजी क्षेत्रको सुझावलाइ हामी सदैव गम्भीरतापूर्वक लिएका छौ’ सो अवसरमा उनले भने ।

सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आफनो स्वागत मन्तव्यमा चेम्वरको ७० वर्षको अवधिमा चेम्वरको प्रमूख उपलब्धी वारे चर्चा गर्दै नेपालको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको क्षमता र दक्षता अभिवृद्धि गर्ने तथा खुला अर्थतन्त्रको विकासमा निजी क्षेत्रको तर्फबाट महत्वपूर्ण योगदान दिएको चर्चा गरे ।

अध्यक्ष श्रेष्ठले विश्व बजारमा नेपाली ब्यबसायीहरुको उत्पादनलाइ प्रतिस्पर्धी तथा गुणस्तरीय बनाउन सहयोग एवम सहजीकरण गर्ने कार्यमा नेपाल चेम्वर अफ कमर्स समर्पित रहेको पनि बताए। अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सृजित असहज परिस्थिती माझ निजी क्षेत्रका चुनौति पनि थपिएको उल्लेख गरे । त्यसैगरि, उनले जिल्ला चेम्वरहरुको भूमिका बारे प्रकाश पार्दै मैत्रीपूर्ण बजार अनुगमनको आवश्यकता माथि जोड दिनुपर्ने औल्याए ।

कार्यक्रम माझ चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक मल्हाेत्रा, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिति रहेकाे थियाे।चेम्बरले सदस्यहरुको न्युन उपस्थिती माझ कार्यक्रम सम्पन्न गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here