झापाको मेचीनगर नगरपालिका–१० स्थित मोन्टेसरी विद्यालयमा सोमबार एक नर्सरी विद्यार्थीको मृत्यु भएपछि विद्यालयका प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ गरिएको छ । विद्यालयको सेप्टिक ट्याङ्कीमा डुबेर ‘सानो साथी बालवाडी’ मा अध्ययनरत आठ वर्षीय तनछोपाहाङ लिम्बुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मेचीनगर–११ का ४५ वर्षीय प्रधानाध्यापक मनोज गुरुङ र कर्मचारी ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की संयोजक २४ वर्षीया अनिशा पोखरेललाई पक्राउ गरेको पुष्टि गरेका छन् । घटनापछि विद्यालय सञ्चालक काठमाडौं–३१ का ४२ वर्षीय सुरेन रसाइली फरार छन् । बालकका अभिभावकले चारै जनाविरुद्ध एफआइआर दर्ता गरेका छन् । बालकको जिउँदै उद्धार गरिए पनि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव अस्पतालमै राखिएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400