अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय समितिले मंगलबार यहाँ आयोजना गरेको नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधान र आगामी दिशा विषयक सामाजिक संवादलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले वित्तीय संस्थाले सुविधा नपाएको भन्दै मात्र नभई आफ्नो जिम्मेवारीप्रति सचेत भएर आफूलाई नियमन गर्न सके मुलुकको अर्थतन्त्र स्वस्थ प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने बताए । डा महतले भने, “संगठनहरू आफ्नो स्वार्थका लागि मात्र बन्दैनन्, आफ्ना सदस्यहरूप्रति जिम्मेवार र कर्तव्यनिष्ठ भए त्यसले सकारात्मक परिणाम दिन्छ ।” उनले भने, "यदि ब्याजदर र अन्य विषयमा सम्झौता गरेर निर्णय गरियो भने ढिलो चाँडो यसले समस्या निम्त्याउँछ। वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा धेरै जरुरी छ।" कार्यक्रममा डा महतले विसं २०४६ पछि वित्तीय क्षेत्रको व्यापक विस्तार भएको बताए । ‘धेरै बीमा कम्पनी भएकाले अहिले मर्जरको कुरा भइरहेको छ । अन्य क्षेत्रको तुलनामा वित्तीय क्षेत्रको वृद्धिदर फराकिलो भएको छ । प्रविधिमा आएको परिवर्तनले पारदर्शिताको पनि धेरै विकास भएको छ । यो सबैका लागि खुसीको कुरा हो,’ उनले भने । “बैफिआईहरूले अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनेछन्। उपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकता दिइनेछ भन्ने मेरो विश्वास छ । बैंकिङ क्षेत्रको बृद्धि भए पनि समस्यामा परेका बैंकहरुले नेपाल राष्ट्र बैंकको सहयोगमा सुधार गरेका छन् । कृषि विकास बैंकमा पनि सुधारको खाँचो छ,’ उनले भने । तर, लघुवित्त कम्पनी र सहकारी क्षेत्रमा केही समस्या रहेको बताउँदै उनले बजेटमा सहकारीलाई नियामक निकायमा ल्याउने निकाय गठन गर्ने प्रस्ताव गरेको बताए । "हामी तत्काल वातावरणमा केही समस्यामा छौं, हामी यो समस्याबाट बाहिर निस्कने प्रक्रियामा छौं। पछिल्लो तथ्यांक अनुसार मुद्रास्फीति घट्दै गएको छ । ७ प्रतिशतभन्दा कम भए राम्रो हुन्छ, आगामी आर्थिक वर्ष ६.५ प्रतिशतमा पु¥याउने हाम्रो लक्ष्य छ,’ डा महतले भने । उनले मुद्रास्फीतिमा तीन दबाब पर्नेमा राष्ट्र बैंक चिन्तित भए पनि पछिल्लो प्रतिवेदनले मुद्रास्फीति नियन्त्रणमा रहेको बताए । मौद्रिक नीतिको उद्देश्य मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र नभएर समग्र अर्थतन्त्रलाई स्थायित्व र बृद्धि गर्ने रहेको बताउँदै उनले भने, ‘आगामी आर्थिक वर्षको सुरुमै मौद्रिक नीतिले यी विषयलाई सम्बोधन गर्नेछ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400