सरकारले आव २०८०/०८१ मा थप ९०० मेगावाट जलविद्युत उत्पादन गर्छ : ऊर्जामन्त्री बस्नेत

0
128
सरकारले यो वर्ष थप ९ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आगामी दश वर्षमा २० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य पूरा गर्न आर्थिक वर्ष २०८०/०८१ मा ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

ऊर्जामन्त्रीले सरकारले १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने गुरुयोजना र कार्ययोजनाअनुसार काम गरिरहेको बताए ।

उनले हाल मुलुकमा २ हजार ७ सय मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता रहेको बताए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here