नक्कली भुटानी शरणार्थी घोटालामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ

0
98

नक्कली भुटानी शरणार्थी घोटाला प्रकरणमा फरार एक व्यक्तिलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको आसनका केशव तुलाधरलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । तुलाधरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको उनले बताए । घोटालामा संलग्न रहेको आरोपमा हालसम्म १९ जना पक्राउ परेका छन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here