चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी)ले दशैं–तिहारलक्षित गीत सार्वजनिक (भिडियो)

0
534

चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी)ले दशैं–तिहारलक्षित गीत सार्वजनिक गरेका छन् ।

‘दशैं आयो तिहार आयो’ बोलको गीतलाई बोकेदारी मिडिया अफिसियलको युट्युब च्यानलमार्फत् रिलिज गरिएको हो । सार्वजनिक गरिएको गीतको भिडियोले दशैँ–तिहार नजिकिएको आभास गराउँछ । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । कमेडी शैलीमा बनेको गीतको भिडियोमा कोरोनाको कहरमा दशैं र तिहार मनाएको देखिन्छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रुपमा श्रीकृष्ण लुइँटेलका साथ शम्भु श्रेष्ठ, विक्रम गेलाल, नहिम अली, अरुण राजवंशी, रजत श्रेष्ठ, दिपेन्द्र कटुवाल र विष्णु कार्की रहेका छन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योन्जनले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई नहिम अलीले कोरियोग्राफ गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here