रीनाको ब्युटी एकेडेमी इनोग्रेसनमा प्रसान्त र गौरी

0
114

काठमाडौं ।  काठमाडौं मलको चौथो तलामा हेयर वेज ब्युटी एकेडेमी सन्चालनमा आएको छ । रीना निरौलाले सन्चालनमा ल्याएको एकेडेमीको आज गरिएको उद्घाटनमा अभिनेता प्रासान्त ताम्राकार, अभिनेत्री गौरी मल्ल, तेन्जिङ सेर्पा, पूनम गौतम तथा बिपना थापाले रिबन काट्दै निरौलालाई सफलताको कामना गरेका थिए । गौरी र प्रसान्तले केक काट्दै रीनालाई “गुड लक” समेत भने ।  सन्चालकको तर्फबाट अतिथीलाई बुके प्रदान गर्दै आफ्नो नया काममा साथ दिएकोमा रीनाले धन्यवाद ज्ञापन गरेकी थिइन ।

अभिनेता ताम्राकारले निरौलालाई बधाई दिदै उनको एकेडेमीले राम्रो प्रोडक्ट उत्पादन गर्नेमा आश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री गौरीले रीनाको कदमले सफलता पाउने बिस्वास गर्दै बधाई तथा शुभकामना दिइन ।  एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापन सङै ट्रेनिङ समेत सन्चालन गर्ने निरौलाले बताईन । लामो समय यता सौन्दर्यको क्षेत्रमा काम गर्दै आएकी रीनाको यो नया सुरुवातलाई उपस्थित अतिथीले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।  छोरीको नया काममा साथ दिन आईपुगेकी उनकी आमाले समेत छोरीको नया कदमले खुसी लागेको बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here