किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज पदमा नेपालका मोहन लम्साल विजय

0
132

बिगत लामो समय देखि पर्यटन क्षेत्रलाई आफ्नो ब्यवसाय बनाउनु  भएको मोहन लम्सालले नेपाललाई विश्व सामु परिचित गराउदै लानु भएको छ । यसै क्रममा भरखरै अमेरिकाको मेनियपोलिसमा सम्पन्न भएको इन्टरनेस्नल कन्भेन्सनमा नेपालको झन्डा फहराउदै किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज २०२३-२०२६  जस्तो गरिमामय पदमा विजय भइ नेपाललाई विश्व सामु चिनाउन सफल हुनु भएको छ ।

No description available.

यस प्रसंसनिय काम अनि गरिमामय पद संगै महत्वपूर्ण जिमेवारी पाउनु भएकोमा हामी किवानिज नेपाल डिस्ट्रिक अन्तर्गतको क्लबहरुको तर्फबाट सफल कार्येकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। शुभकामना प्रार्थी क्लबहरु: किवानिज क्लब लालीगुराँस, किवानिज क्लब रुकुम खारा , किवानिज क्लब एभरेष्ट, किवानिज क्लब सिन्धुपाल्चोक, किवानिज क्लब गछिया ।

No description available.

बालबालिकाको क्षेत्रमा बिगत लामो समय देखि अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आइरहेको किवानिज इन्टरनेस्नल नेपालमा पनि २०१५ मा स्थापना भइ बालबालिका संग संगै समाजको लागि निकै राम्रो र समान योग्य कार्य गर्दै समाजलाई सकारात्मक बाटो तिर डोर्याउन सफल भएको छ ।

मानव भएर जन्म लिएपछि आफ्नो समाजमा र देशमा आफुले गर्न सक्ने काम र समाज र देश प्रतिको आफ्नो दायित्व गर्नु पर्छ भन्दै आफुलाई सामाजिक कार्यमा पूर्ण रुपमा समर्पित गर्दै आउनु भएको दर्जनौंसंघ संस्थाहरूमा आबद्ध मोहन लम्सालले पनि बर्ष २०२०/२१ को लागि डिस्ट्रिक गभर्नरको रुपमा नेतृत्वमा अगाडी बढेर आफुमा भएको कुशल नेतृत्वले यस संस्थालाइ समाजमा परिचित  गराउन महत्वपूर्ण भूमिका खेलिसक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here