नेपालले पहिलो पटक चीनमा घाँस वा जनावरको दाना निर्यात गरेको छ । होराइजन इन्टरनेशनल प्रा. लि.को भरतपुर चीनमा निर्यात भएको छ । पहिलो खेपको रूपमा कम्पनीले उत्पादित घाँसका १० कन्टेनर पहिलो दिन चीन पठाएको थियो । अबदेखि दैनिक २० कन्टेनर पशु दाना चीन पठाइने कम्पनीले जनाएको छ । यसले एक वर्षमा चीनको सिगात्से सहरमा २००० मिलियन टन पशु दाना निर्यात गर्ने लक्ष्य राखेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत चाङले कम्पनीले भरतपुर र आसपासका किसानहरुबाट मकैको बिरुवा खरिद गरी पशुको दाना बनाउन प्रशोधन गरेको बताए । किसानलाई उन्नत जातका बीउ, सिँचाइ प्रणाली र उत्पादनका लागि प्राविधिक सहयोग उपलब्ध गराइएको छ । चीनको सिगात्से क्षेत्रमा ५ सय कन्टेनर हालाजको माग रहेको चाङले बताए । सिगात्से नगरसँग भरतपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको उल्लेख छ । पशु आहार निर्यात कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपालस्थित चिनियाँ दूतावास र भरतपुर महानगरपालिकाको संयुक्त पहल हो ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400