काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । अस्पतालका फार्मेसी इन्चार्ज अमृत पोखरेल शुक्रबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा अस्पताल प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहयोगी विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् । पक्राउ परेकाहरुको दबाबमा पोखरेलले आत्महत्या गरेको मृतकका परिवारले दिएको उजुरीपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । घटनास्थलबाट सुसाइड नोट पनि बरामद भएको छ । अनुसन्धान भइरहेको उनले बताए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400