स्वदेशी लगानीसहितको उद्योग प्रवद्र्धनमा जोड

0
118
विभिन्न वक्ताले स्वदेशी लगानीमा सञ्चालित उद्योगको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

बाराको जीतपुरमा शनिबार आयोजित कार्यक्रममा वक्ताले स्वदेशी उद्योगको प्रवद्र्धनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

नेपाल सिरेमिक इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित नेपोभिट टाइम्स कम्पनीले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले स्वदेशी लगानी भएका उद्योगहरुको संरक्षण र प्रवद्र्धन गर्दा मात्र देशको अर्थतन्त्रमा सुधार आउने बताए ।

रोजगारीका अवसर सिर्जना गर्न सबै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

सो अवसरमा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाईले स्वदेशी लगानी र स्थानीय उत्पादनमा उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्सार दर्ता र कच्चा पदार्थको उपलब्धतामा स्वदेशी लगानीका उद्योगले भोग्नुपरेको समस्यालाई तीनै तहका सरकारले गम्भीरताका साथ लिएर समाधानका उपाय खोज्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले कर तिर्ने उद्योगको संरक्षण र प्रवद्र्धन गर्न र देशमा रोजगारीका अवसर सिर्जना गर्न प्रशासन तत्पर रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा सुबोध गुप्ताले मुलुकमा कच्चा पदार्थ र दक्ष जनशक्तिको अभावमा स्वदेशी लगानीका उद्योग ध्वस्त भएको बताए ।

नेपाल सिरामिक इन्डस्ट्रिज प्रालिका अध्यक्ष शम्भुनाथ झाले स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ पहिचान गरी सुपथ मूल्यमा भरपर्दो टाईल्स उत्पादन गर्न टाईल्स उद्योग सञ्चालन गरिएको बताए ।

विसं २०७९ मा बाराको जितपुर उपमहानगरपालिकामा स्थापना भएको कम्पनीले देशभर करिब ५०० जनालाई रोजगारीको अवसर दिएको दाबी गर्दै उनले विगत एक वर्षमा टाईल्स आपूर्तिमा खर्च भएको करोडौं रकम जोगाउन सफल भएको बताए ।

करिब ५ दशमलव ५ बिघा जग्गामा फैलिएको उक्त कम्पनी करिब दुई सय करोडको लगानीमा सञ्चालनमा आएको थियो ।

उद्योगले स्थानीय कच्चापदार्थबाट गुणस्तरीय वस्तु उत्पादन गरी नेपाली बजारमा पठाउने गरेको कम्पनीका निर्देशक बिमा झाले बताइन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here