नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १७ जनामाथि थप पाँच दिन अनुसन्धान गर्न अनुमति दिएको छ । सिआइबीले अभियुक्तलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरेपछि पक्राउ परेकामाथि थप ५ दिनको म्याद थप गरेको प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । प्रहरीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र पूर्व सरकारी कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ । किर्ते र संगठित अपराधको मुद्दाका रूपमा अनुसन्धानलाई तीव्रता दिइएको छ । विसं २०४९ देखि २०६९ सम्म जम्मा १४३ रोपनी जग्गा हिनामिना भएको थियो । सरकारी स्वामित्वको ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिगत स्वामित्वमा ल्याइयो । यसअघि सिआइबीले ३ सय जनाविरुद्ध मुद्दा चलाउन सिफारिससहित प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलले थप अनुसन्धान आवश्यक रहेको भन्दै प्रतिवेदन फिर्ता लिएका थिए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400