सार्वजनिक यातायातको भाडा झण्डै ३ प्रतिशतले घटाइएको छ

0
105
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा परिमार्जन र करिब तीन प्रतिशतले घटाइएको हो । ३१ मार्च २०२२ देखि लागू भएको ‘अटो मूल्य निर्धारण प्रणाली’ अनुसार भाडा समायोजन गरिएको र संशोधित सूची सोमबारदेखि लागू भएको हो ।

पछिल्लो समय डिजेलमा प्रतिलिटर चार रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटेपछि यातायात व्यवस्था विभागले यस्तो निर्णय गरेको हो ।

संशोधित भाडा सूची कार्यान्वयनको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछ ।

यात्रु सेवाको भाडामा २.१३ प्रतिशत, पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशत कार्गो कन्टेनरको भाडा घटाइएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वैज्ञानिक भाडा समायोजनसम्बन्धी कार्यविधिमा नयाँ व्यवस्था गरिएको बताए ।

पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशतभन्दा बढी घट्दा भाडा समायोजन गर्नुपर्ने हुन्छ । आइतबार मन्त्रीले सोही अनुसार यातायात भाडा सूची परिमार्जन गर्न विभागलाई निर्देशन दिए ।

विभागले पछिल्लो पटक जेठ ३ गते भाडा परिमार्जन गरेको भन्दा डिजेलको भाउ औसतमा प्रतिलिटर १० रुपैयाँले घटेको विभागले जनाएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here