बञ्चरेडाँडामा फेरि फोहोर विसर्जन अवरुद्ध भएको छ

0
166
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका स्थानीयले ल्यान्डफिल साइट बन्चरेडाँडामा फोहोर ढुवानीमा अवरोध गरेपछि काठमाडौं उपत्यकाले फेरि फोहोर व्यवस्थापनमा चुनौती थपेको छ ।

आन्दोलित स्थानीयले यसअघि काठमाडौं महानगरपालिकासँग भएका सम्झौता कार्यान्वयन नहुनु नै आन्दोलनको कारण रहेको बताएका छन् । एक वर्षअघि सम्झौता भए पनि काठमाडौं महानगरपालिकाले कार्यान्वयन गर्न नसकेको उनीहरुको गुनासो छ । जसका कारण काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन ठप्प भएको छ ।
धुनिबेसी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङले आजदेखि फोहोर विसर्जन रोकिएको बताए । "फोहोरमा मानिस सँगै बस्न सम्भव छैन। हामी या त अन्य क्षेत्रमा फोहोर व्यवस्थापन गर्न वा स्थानीयलाई स्थानान्तरण गर्न माग गर्दछौं। यदि समस्या समाधान नभएको खण्डमा फोहोर व्यवस्थापनमा बारम्बार अवरोध आउने सम्भावना छ।"

स्थानीयको विरोधपछि सिसडोल र बञ्चरेडाँडा बीचमा करिब ५० फोहोर कन्टेनर रोकिएको थियो । बायोडिग्रेडेबल र नन बायोडिग्रेडेबल फोहोर छुट्याउने र कुहिने फोहोरको व्यवस्थापनलगायत सम्झौताका नाममा काठमाडौं महानगरले ठगी गरेको स्थानीयले आरोप लगाएका छन् ।

सम्झौता भएको एक वर्ष बितिसक्दा पनि महानगरले कार्यान्वयन नगरेको आन्दोलित जनताले आरोप लगाएका छन् ।

तर, कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले सम्झौताअनुसारै फोहोर व्यवस्थापन भइरहेको बताए । "स्थानीयको मुख्य माग फोहोर फाल्ने स्थल वरपरको ३ हजार रोपनी जग्गा अधिग्रहण गर्नु हो, जुन काम केएमसीले एक्लै पूरा गर्न सक्ने कुरा होइन। यस विषयमा केएमसी संघीय सरकारसँग सम्पर्कमा छ।"

गत वर्षसम्म काठमाडौं उपत्यकाका १८ स्थानीय तहबाट संकलन भएको फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । त्यसपछि नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको बञ्चादरे डाँडा ल्यान्डफिल साइटमा सारिएको थियो ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here