मकवानपुरका तीन स्थानीय तहले सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ र मदिरा निषेध गरेका छन्

0
101
मकवानपुरका तीन स्थानीय तहले आजदेखि लागू हुने गरी सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ र मदिरा सेवनमा प्रतिबन्ध लगाएका छन् ।

मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा सो नीतिलाई समेट्ने निर्णय गरेको हो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०११ बमोजिम सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा उपभोगमा नियन्त्रण र नियमन गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

विद्यालय, सरकारी कार्यालय र अस्पतालजस्ता सार्वजनिक स्थानको १०० मिटर भित्र सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरण गर्ने र सेवन गर्ने, नियम उल्लंघन गरे २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने उनले बताए ।

होटल र रेष्टुरेन्टहरूलाई छुट्टै धुम्रपान लाउन्ज बनाउन निर्देशन दिइएको उनले बताए।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here